ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मधेशमा भने मैथिल र थारुसमुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् । थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ । आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ ।

माघे संक्रान्ति / घ्यु चाकु खाने दिन / माघि पर्व
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
हिँउदको बेलामा विहान पत्तो नपाईकनै काममा जाने समय भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आज माघे संक्रान्तिको तयारी पनि त गर्नु छ, कि कसो ? सर्वप्रथम त स्वदेश तथा विदेश तपाई जहाँ हुनुहुन्छ, माघे संक्रान्तिको पावन उपलक्ष्यमा धेरै धेरै शुभकामना ।