ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

शिव तिनै हुन् जस्ले विष पिएर निलकण्ठ भएर गोँसाईकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अँश्रुका धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेका थिए ।

महाशिवरात्री
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
आजकै पावन दिनमा कुम्भ संक्रान्ति अनि महाशिवरात्री एकैदिनमा पर्न गएको छ । हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् ।