भन्नलाई पुस फासफुस भनेर पौष महिनालाई छोटो दिन अनि पारिलो घामको अचेटमा राखिएको भएतापनि यस महिनामा धेरै महत्वपूर्ण दिन अनि एतिहासिक संझना रहेका छन् । यिनै संझना अनि दिनबिशेषमा हरेक बर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषध स्थापना दिवसका रुपमा मनाउने चलन छ । हुन त ज्योतिषशास्त्रलाई खगोलशास्त्र संग जोडेर आकाशीय पिण्डहरुको अध्ययनका रुपमा मात्र लिने गरिएको भए पनि ज्योतिषशास्त्रलाई आकाश र जमिन दुबैको मानविय अवस्थितीसंगको सापेक्षीक अध्ययनका रुपमा लिइन्छ ।
बास्तवमा ग्रहरुको चालको सापेक्षीक असर मान्छेको जन्मको समय र ठाँउका आधारमा हुने अध्यन नै ज्योतिषशास्त्र हो तर बृहत रुपमा ज्योतिषशास्त्र यतिमै मात्र सिमीत कहाँ हुन्थ्यो र ? पश्चिमाहरुले ज्येतिषशास्त्रलाई मेटाफिजीकल भनेर अभौतिक बिषयको बिज्ञानका रुपमा व्याख्या गरिएको पनि पाइन्छ तथापि पूर्वीय दर्शनमा भने कसमस अर्थात ब्रहमाण्डको नै अध्ययन अनि ग्रह, नक्षत्र र तिनका प्रभावको अध्ययन गर्ने बिशालकाय भौतिक बिषयबस्तु बिज्ञान मानिन्छ । बिज्ञानको प्रारम्भिक स्वरुप नै ज्योतिषशास्त्रलाई लिइन्छ र आज यस शास्त्रको महिमा अनि महत्व बिश्वभरिनै गुञ्जायमान छ ।
हातमा केही थान पुस्तक अनि चन्दनको भार निधारमा हुँदैमा कोही ज्योतिष हुँदैन, चोक चौराहमा मन बहलाउन अनि गफ दिन मात्रै बसेका भविष्यद्रस्टाका स्वघोषीत मनुवाहरु सबै ज्योतिष कहाँ हुन्छन् र ? ज्योतिष बिधा जान्नका लागि त्याग तपस्या अनि बलिदान चाहिन्छ । नेपालभरि बिभिन्न बिधापीठ अनि बिधाआश्रममा शदियौं देखि यस बिधा अध्ययन अध्यापन गराइन्छ ।
जसले जे भनेपनि ज्योतिषशास्त्र मानवले आफूलाई हेर्ने एउटा महत्पवूर्ण घडी अनि दर्पण हो । तर ज्योतिषशास्त्रले जे भनेपनि कर्म नभइकन कोही पनि अघि बढेको इतिहास कहाँ छ र ?
कर्म लाई नै हरेक धर्म, पुस्तक, लेखक अनि दर्शनले केन्द्र मानेको छ । कर्म गर्न पछि नहटौं अनि गीताले भनें झै फलको आश नगरौं । आइस्टाइनले पनि त भनेका छन् कि इनर्जी नेभर डाइस भनेर त्यसै अनुरुप संसारका हरेक उर्जाहरु कहिले खेर जाँदैनन् । अघि बढ्ने उर्जा सबैलाई प्राप्त होस् अनि आफ्नो अनुरुपका कर्मक्षेत्र अनि व्यबहार पक्षहरु हामी सबैले पत्ता लगाउन सकौं ।
जुनै राशि या नक्षत्र या पलामा तपाईको जन्म भएको होस्? जूनै जात, धर्म या लिगं तपाईको छ ? तपाई केवल एकमात्र तपाई हो समग्र ब्रह्माण्डमा केवल एक अनि बिशेष ।
आजको दिन शुभ रहोस्
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: