ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नर्सिगंको ईतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपेक्ष्यमा नर्सहरुको महत्व अनि विकास धेरै भईरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्नसक्ने ब्यत्तिहरु मात्रै थिए, विर अस्पतालको ईतिहास पल्टाउदा उतिवेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वंले गर्ने गर्दथे ।

नेपाल नर्सिङ्ग दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको थियो, मान्छेहरु दिनहुँ हताहत र घाईते भइरहेका थिए, सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल तत्पर थिईन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेको नर्सहरुको वारेमा कुरा गरौँ ।