ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वकालागि ठूलो चुनौती हो, कागजको पानाभित्र भरीएको सुर्तिको कसबाट निस्किने निकोटीनको यो लतबाट संसारवासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । धुम्र अर्थात धूँवाजन्य वस्तु अनि पान अर्थात सेवन, यसअर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिडी लगायत अन्य धेरै धूँवाजन्य उपभोगका बस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा आज संसारभरी जनजागरण फैलाईन्छ ।

विश्व धुम्रपान रहित दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पहिले-पहिले सालको पातमा बेरीएर बिडीका रुपमा समेत जहाँत्यहिँ पाउँथ्यो र अझै गाउँघरतिर यदाकदा भेटिनेगर्छ । अागोले सल्काएर धुँवा तान्ने लत बसेपछि संसारका अरबाैं मानिसहरू त्यो धुँवाको दास बनेका छन् अनि त्यो धुँवासंगै पिउँदैछन् आ-आफ्ना जिन्दगी । त्यही ठुँटोसंगै जलाउँदैछन् शुद्ध स्वाँस भर्ने फोक्सो ।