स्वतन्त्र र निस्पक्ष निर्वाचन हाम्रो अभियान,
स्वतन्त्र र स्वच्छ निर्वाचन प्रति म पूर्ण प्रतिबद्ध छु
२० जुन २०१७ मा निर्वाचन आयोगको आधिकारीक फेसबुक पेजमा लेखिएको यो स्ट्याटस वाट शुरु गर्यौ ।
५० औं लाख अनुमानित फेसबुक प्रयोगकर्ता भएको नेपालमा केवल ६०६१ लाइक भएको निर्वाचन आयोगको फेसबुक पेजमार्फत यूट्यूबका निर्वाचन प्रचार साम्रगी र भिडियोहरु शेयर गरिएका छन् । आउनुहोस निर्वाचन आयोगको यू ट्यूब च्यानलको हबीगत पनि बयान गरिहालौ ।
बहुत लगानी गरेर बनाइएको निर्वाचन जागरणका साम्रगीहरुको युट्यूब लीकं को अधिकाशं भ्यू केवल अधिकतम ६०० को हाराहारीमा छ, कतिपय सामग्रीले त १०० को थ्रेसहोल्ड पनि कट्न सकेका छैनन । । अब स्मरण गरौ कस्ता कस्ता बकवास कुराहरुको भ्यू लाखौं भएको यूट्यूबका नेपाली साम्रगीहरुमा निर्वाचन आयोगको यो निरीहता ले हामीलाई के दर्शाइरहेको छ ।
कुल ५१७ सब्सक्राइब भएको निर्वाचन आयोगको यूट्यूब च्यानल दर्दनाक देखिन्छ । आखिर नेपालको ब्युरोक्रेसी सूचना प्रविधिबाट सँधै तर्सिएकै हो, निर्वाचन आयोगले नि यही प्रमाण र बयान दिएको छ ।
निर्वाचन पूर्व जानकारीहरु सबैसामु अझ भनौ मतदातासामु पुर्याउन जरुरी छ र आजको प्रविधिले यस कार्यलाई झन सजिलो बनाएकोमा किन निर्वाचन आयोगले यो दुःख बिसाएको हो ?
केही अगाडिसम्म नेपाल टिभीमा पनि निर्वाचन सम्बन्धी भिडियो आँउदा बैशाख ३१ र जेष्ठ ३१ भनेर नै आएको थियो । चुनावको मिति सर्दा पनि निर्वाचन आयोगको यो लापरवाही अनि ध्यान कमजोर हुनु संयोग मात्र हो त ?
उतातर्फ निर्वाचन आयोगको महत्वाकांक्षी मोवाइल एप ईसिएन एप को पनि डाउनलोड केवल १० हजार देखि ५० हजारसम्म मात्र रहेको छ, के यो दुर्दशा हैन ?
सामान्य पेज बुस्ट गरेर फेसबुकमार्फतै भएपनि निर्वाचनका अपडेटहरु सबैसमक्ष ल्याउने जर्मको नगर्नु निर्वाचन आयोगको लागि एउटा प्रश्न नै हो । गएको निर्वाचनमा भएको अत्याधिक बदर मतवाट सम्म पनि निर्वाचन आयोगले नसिकेको किन होला ?
पार्टीका हरेक उम्मेदवारहरुले स्पोन्सर पेज गरेर डिजीटल प्रोमोमार्फत ढोल पिटिसक्दा पनि निर्वाचन आयोग भित्ते पोष्टर र प्याम्प्लेटमै ब्यस्त छ ।
बेलायतमा घरमा आगो लागेको थाहा पाइसकेका बुङमतीका बाबुले निर्वाचन सम्बन्धी अपडेटस भने आफ्नै देशवाट थाहा पाउन गाह्रो छ । निर्वाचन आयोगको यो प्रविधिप्रतिको उदासिनताले अबको २० वर्षमा फेरि अर्को निर्वाचन भएपनि इलेक्टा्रेनिक्स निर्वाचन भने नेपालीले देख्न नपाउने पक्का छ । मतपत्र च्यातिने क्रम पनि नरोकिएला कि ?
आँखा खोल निर्वाचन आयोग
सुयोग ढकाल
Liked by: