पापकुंश एकादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

पापकुंश एकादशी




पापकुंश एकादशी विशेष अडियो सामाग्री

यस बर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ ।
नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।
सार्वजनिक सवारी र बाटाघाटामा घुईँचो छ, बटुवाहरु अधिकांशको निधारमा टीकको रंग कुनै न कुनै हिसाबले देखिएको छ । नयाँ कपडामा कहिँकतै राता छापहरु बसेका हुनसक्छन्, टीका ले गर्दा । नयाँ कडककडिया नोटहरुले बजार छपक्कै पारेको छ, बुढाबुढीको हात टीकोको लेपले रातो छ भनें केटाकेटीको हृदय दक्षिणा गन्दै फरर भएको छ ।
आखिर यसै उसै गर्दै यस बर्षको दशैं ले पनि त बिट मार्न आँटेको छ ।
हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।
सरदर महिनामा दुइपटक पर्ने यस्ता एकादशीहरु एक वर्षमा यस्ता २४ वटा हुन्छन्, भागवत पुरानका अनुसार भगवान विष्णुका भक्तहरु अर्थात वैष्णवहरुकालागी यस्ता एकादशीले विशेष महत्व राख्दछ । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि ठ्याक्कैपर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ । पर घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ, आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ । यस एकादशीको वारेमा भगवान श्रि कृष्ण र यूधिष्ठीर विचको संवादमा वर्णन पाइन्छ, कृष्णका अनुसार यस एकादशीमा व्रत वसेर भगवानको उपासना गर्नाले भगवान पदमनभको कृपाले सम्पूर्ण पापहरु मोचन हुनेछ । विष्णु सहस्त्रनाम अनि श्रि राम र श्रि कृष्णको अश्तोतरा श्रवण या अध्यन गर्ने अनि यस एकादशीमा तिर्थाटन गर्नु एकदमै महत्वपूर्ण रहेको वताइएको छ । यस्ता दिनमा व्रत वसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काशी या पुस्कर नदिस्नान भन्दापनि धेरै गुण धेरै फल पाइने कुरा कृष्णले उल्लेख गर्नुभएको छ । दिउँसोको समयमा व्रत वस्ने र भगवानको भजन गर्दे रातीपनि जाग्राम वसेर हरि किर्तन गरेमा धेरै पुन्य मिल्ने र मृत्यूपर्यन्त पनि भगवान विष्णु को पाउकमलमा मोक्ष मिल्ने वताइन्छ । यो एकादशी विष्णु भक्त वैष्णव अनि शिवभक्तहरु दुबैका लागी उक्तिकै महत्वपूर्ण छ ।
विष्णु पुराण्को ( ५ः३३ः४६) खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ तसर्थ यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीकारुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् ।
विहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजावाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ ।
भक्तिपूर्णरुपमा महिमा श्रवण गरिसकेपछि केही अन्न र गेडागुडी विहिन फलाहारहरु या फलफूलहरु सेवन गर्ने चलन छ । आजको एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रिमती या श्रिमानको कुलतर्फवाट दब पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त हुने जनविश्वास रहेको छ ।
आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ । मानिसहरु भनेको सजीव र सामाजिक प्राणी हुन् तसर्थ आफूसँग भएको थोरैतिनो जे भएपनि गक्षअनुसार गरिव अनि दुख्खीहरुलाई दान गर्न धर्मशास्त्रले पे्ररित गरेको छ, दुख्खीको सेवा भन्दा ठूलो पराक्रम अरु संसारमा केही छैन । आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर वितोस, हामीसबैलाई शुभकामना

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.