हिन्दू धर्मशास्त्रमा एकादशीको ठूलो महत्व रहेको हुन्छ । बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला एकादशीको ब्रतको फल ठुलाठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ । पद्मपुराणमा बताइए अनुसार सफला एकादशी ब्रतको अनुकम्पा सयौं महायज्ञहरुभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरुबाट मुक्ति र कल्याणको एकादशीको रुपमा पनि लिइन्छ ।
एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधीपूर्वक पूजा गरिन्छ । पूण्य मन्त्रहरुद्वारा देवदेवेश्वरहरि बिष्णुको पूजा आराधना गरिन्छ भने राती जाग्राम पनि बसिन्छ । यस एकादशीको ब्रतपछि गूरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ । अरु एकादशीमा झै सफला एकादशीमा पनि सात्विक आहार व्यवहार गरी ब्रत बस्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ । भोलीपल्ट द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ । यसप्रकार सफला एकादशी ब्रत विधी पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यस एकादशीको ब्रत बस्ने सवैलाई सफलता प्राप्त हुने भएकोले यस एकादशीको नामै सफला एकादशी भएको हो ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नुभएको
सन् २०१९ आरम्भ
बिदाई भनौ या स्वागतम, जाँदैछ सन् २०१८ अनि आयो सन् २०१९, आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०१९ को स्वागत गरिँदैछ । जिन्दगीलाई अनुभव र यादहरुको डोको रुपमा लिन सकिन्छ, हरेक बर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो बर्ष बित्छ भनेँ नयाँ बर्ष आँउदछ । हुन त हामी नेपालीहरुको क्यालेन्डर देखि चाडवाड अनि कार्यलयगत कुराहरु धेरैजसो विक्रमसंबतमा आधारित भएकाले यो ईस्वीसंवतलाई आगन्तुक र पराई संवतका रुपमा लिने पनि गरिन्छ तर विदेश बस्नेहरु अनि अन्तराष्ट्रिय सँस्थाहरुमा काम गर्ने लगायत अन्तराष्ट्रिय संवतहरु ईस्वीसंवतमै संसारभरि हुनेभएकाले यो संवतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता छ । भनिन्छ नि, शुभकार्य र शुभकामना दिन ढिलाई गर्न हुँदैन भनेर तसर्थ छिटो छिटो गरेर हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताहरुलाई यस २०१९ सालको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्न चाहन्छ । बिसं भने ईस्वी संवत भन्दा ५७ बर्षले अगाडी छ र जनावरी फेवरुवरि जस्ता १२ महिनाहरुले बर्षदिनको घोतक गर्ने ईस्वीसंवत हो भने बिक्रम संवतमा हाम्रा वैशाख, जेष्ठ जस्ता १२ महिनाहरु हुन्छन् भन्ने त हामीलाई थाहै छ ।
हामीमध्य धेरैलाई फूर्सतिलो बनेर केहीवेर सोचाईमा अलमलिएर गएको बर्षको समिक्षा गर्न मन लागेको हुनपर्दछ, केहीबेर सोचौँ न कस्तो रह्यो त सन् २०१८ हाम्रो लागी ? के कस्ता उतारचढावहरु जिवनमा आए ? कसरी सामना गरियो ? के के कुराहरु लिएर अनि कस्ता कस्ता कुराहरु दिएर गयो त यो गएको बर्ष ? अनि अब आउने बर्षमा के कस्ता योजनाहरु, प्रक्रियाहरु, धारणाहरु तपाईले अवलम्बन गर्ने चाह राख्नुभएको छ ?
हरेक नयाँ बर्षहरुमा हामी केही सोचाई या परिवर्तन गर्ने चाह राख्दछौ तर ती धेरै जसो चाहहरु अनि वाचाहरु त्यतिकै तुहिएर जाने पनि गर्दछन्, यस बर्षको सकारात्मक सोच अनि प्रगतीका लावालस्करहरु तपाईको पाईला अगाडी रहिरहुन्, फर्केर हेर्नुनपरोस अनि ताकेका चिताएका कुराहरुमै निशाना लागोस् ।
यो बर्षभरिको हतारो सँगै, विस्मात र आश्चर्यसँगै, मिलन र विछोडसँगै अनि संभावनाका संवाहकहरुसित कतै यहाँले पालैपिच्छे मुस्कुराउन त विर्सनुभएको छैन रु एकफेर सोचौँ है, जिवनको मुलभुत उदेश्य र हरेक दिनको एउटामात्र निश्चय भनेको चाँही हाम्रो मुहारमा एउटा मिठो मुस्कान हो ।यस बर्षमा हाम्रा हाँसो अनि मुस्कानहरु उधारोमा नजाउन्, हरेक अवसरहरुलाई उत्साहका साथ मनाउन पाईयोस अनि दुख्खनै लेखेको छ भने पनि सामना गर्ने साहस होस् । बर्षहरु सँगै हामीपनि परिवर्तन भईरहेका छौ, जिवनका आयामहरु पनि परिवर्तनशील छन्, सन् २०१९ ले यी परिवर्तनका आयामहरुलाई सकारात्मक गोरेटो तर्फ लग्नेछ, हैन त ? कुनै लत या बानी छोड्न चाहनुहुन्छ भने अटल आत्मविश्वास र दृढ सकंल्प होस्, यूवा पुस्ताका साथीहरु हुनुहुन्छ र कसैलाई आफ्नो मायाको उजागर गर्न चाहनुहुन्छ र सकिरहनुभएको छैन भनेँ यो बर्षले त्यो किस्सालाई पनि बल दिएर अभिब्यक्तगर्ने सामथ्र्य दियोस है , कि कसो ?
पुराना दिनमा पोष्कार्डहरु साटासाट गर्दा लेखेर नयाँ बर्षका शुभकामनाहरु साटासाट गर्ने चलन अब त नेपालमा इन्टरनेटमा म्यासेज र च्याटले प्रतिस्थापन गरिसकेको छ । बर्षैपिच्छे प्रविधी अनि पहुँचमा नेपालले फड्को मार्दे छ, अबका बर्षमा पुराना अनि नयाँ दुबै चलनको निरन्तरता होस् । सातै प्रदेशका हिमालका हिँउ, पहाडका चुचुरा अनि तराईका हरिया फाँटहरुमा नेपालीपनाको महत्व झल्किरहोस् । २०१९ सालमा, सपनाहरु साँच्न पाईयोस अनि तिनलाई पूरागर्न अगाडी बढ्ने अवसरहरु पाईयोस्, पसिनाको मुल्य पाईयोस् अनि अटल मुस्कानले नेपाली अनुहारहरु शोभायमान बनाईरहोस् है ।
सन् २०१९ का हरेक दिन मंगलमय हुन्, चित्त शुद्ध होस अनि शान्ति फैलियोस् ।
शुभकामना
---
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको
Liked by: