विश्व सिमसार दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व सिमसार दिवस




सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन तर यस्तै सिमसारक्षेत्रहरुका जीवहरु, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाईदिने भएकाले यी क्षेत्रहरुलाई पृथ्वीको मृगौला पनि भनिन्छ, ल है मृगौलाकै राम्रो संरक्षणगर्न नसकेमा पृथ्वी अनि यसमा वस्ने हाम्रो अस्तित्व कत्तिको सहज छ, विचार गरौ । यसका अलावा सिमसारले वाढी, पहिरो, अतिवृष्टी अनि अनावृष्टिलाई पनि रोकथाम गर्दछ । करिब ३ अरब संसारका वासीहरुले खाने चामल यसै सिमसार क्षेत्रका दलदलेमाटोहरुले उत्पादन गर्दछन्, सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरिको निमन्त्रणा गर्नुजस्तै भयावह छ ।


विश्व सिमसार दिवस विशेष अडियो सामाग्री

आउनुहोस आज केही भौगोलिक कुराहरुलाई ब्याख्या गरौ किनभने आज विश्व सिमसार दिवस हो अनि विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण छ । 

समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवापोखरीहरुको कुल पानीको मात्रा धेरै छ । अझै स्पष्ट पार्न चाह्यौ, वास्तवमा सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने भुमीहरु हुन् जस्मा सामान्यतया दलदल या हिलो सधै कायम रहन्छ ।

यस लेखलाई अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।

हाम्रै वरपर अनि परिवेशभित्र रहेका कति सिमसार क्षेत्रहरुमा अहिले घर या कारखाना खोलिए होलान् ? प्लटिगं गरेर जग्गा तैयार गरिदै होलान् या अन्य प्रयोजनमा अतिक्रमण भए होलान् ? वास्तवमा भन्ने हो भने मानविय विकासक्रमको अनि पूर्वाधारहरुको अविवेकी विकासक्रमले नेपालमा सिमसारक्षेत्र नाश हुने दुश्चक्रवाट ग्रसित छ है ।

यस्ता सिमसार क्षेत्रहरुमा दुर्लभ चराहरुको पनि वासस्थान रहने गरेको छ । यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन तर यस्तै सिमसारक्षेत्रहरुका जीवहरु, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाईदिने भएकाले यी क्षेत्रहरुलाई पृथ्वीको मृगौला पनि भनिन्छ, ल है मृगौलाकै राम्रो संरक्षणगर्न नसकेमा पृथ्वी अनि यसमा वस्ने हाम्रो अस्तित्व कत्तिको सहज छ, विचार गरौ । यसका अलावा सिमसारले बाढी, पहिरो, अतिवृष्टी अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्दछ । करिब ३ अरब संसारका जनसंख्याहरुले खाने चामल यसै सिमसार क्षेत्रका दलदले माटोहरुले उत्पादन गर्दछन्, सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरिको निमन्त्रणा गर्नु जस्तै भयावह छ ।

कैलालीके घोडाघोडी ताल लगायत कोशीटप्पु बन्यजन्तु आरक्ष , जगदिशपुर ताल, गोसाईकुण्ड, विसहजारी ताल , माईपोखरी अनि पोखरा नगरीका नौ वटै तालहरु सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्तहरु हुन् ।

यी महत्वपूर्ण सिमसारको विश्वस्तरमै सरक्षणगर्नका लागी सन् १९७१ मा रामसार महासन्धी स्थापना गरिएकोमा अहिले यो महासन्धीमा १६९ देशहरु सामेल भएका छन् । नेपाल भने औपचारीक रुपमा सन् १९८७ मा यस महासन्धीको सदस्य भएको हो ।

पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरु लोप हुने क्रममा छ, यस्ता अधिकांश सिमसार क्षेत्रहरु एसियामा पर्दछन् । नेपालले पनि सिमसारक्षेत्रका यिनै महत्वलाई आत्मसाथ गर्दै विसं २०५९ सालमा ल्याएके सिमसार संरक्षण नितीलाई २०६९ सालमा परिमार्जन र स्वीकृती दिएको छ तथापि सिमसार क्षेत्रहरु जोखिममै छन् ।

पोखराका तालहरुलाईनै उदहारणमा लिउँ, वर्षदिन पिच्छे ताल खुम्चिदै अनि वस्ती बढ्दै गईरहेको छ, मान्छेले सहज आवासको खोजी गरेकाले पनि नेपालमा भु अतिक्रमण वढ्दै गईरहेको छ र सिमसार क्षेत्र जोखिममै छ । समुदायका अगुवा अनि सरकार स्वंले पनि आफू अनुकुल अनि ब्यवसाहिक नितीहरु ल्याएर क्षणिक पैसा कमाउनकालागि दीर्घकालिन घाटा हुने कार्य गरिरहेको पाईन्छ, आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तब्य हैन र ?

कानुनको दायरा फराकिलो पार्दै अपराधीहरुलाई कानुनको कठघेरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ नत्र मानव समुदायको अस्तित्व संकटमा छ । तपाईहामी आफै सिमसार क्षेत्रको सरंक्षणकालागी अगाडि बढ्न जरुरी छ ।
फेब्रुअरि २ को सिमसार दिवसको उपलक्ष्यमा सबैमा चेतना आओस् ।

----
सुयोग ढकाल


यसमा तपाईँको के प्रतिक्रिया छ?


25 Likes

4 Dislikes

  Save
प्रतिक्रियाहरु13 Liked by
Liked by
0 /600 characters
Shailja Adhikari Wagle ६ बर्ष अघि
the bigger birthday ??????😘😘😘😘
 REPLY  LIKE   DISLIKE
Shailja Adhikari Wagle ६ बर्ष अघि
birthday
 REPLY  LIKE1  DISLIKE
text ६ बर्ष अघि
text
1 REPLY  LIKE   DISLIKE1
Va O Anna Pokharel ६ बर्ष अघि
Kati ota country xa aahile samma?
2 REPLIES  LIKE   DISLIKE
Vijay Thapa ६ बर्ष अघि
ati ramro Kura...
 REPLY  LIKE   DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.