ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरुलाई सम्झिन अावश्यक छ जसले हामिलाई कालोपाटीमा चक र डस्टर धँस्दै वर्णमाला सिकाए । 'क' बाट कछुवा देखि 'ज्ञ' बाट ज्ञानीसम्म सिकाए । 'A' फर Apple बाट 'Z' फर Zebra सम्म सिकाए । त्यस्पश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरुसंग शिक्षा लिएका छौं, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरुलाई हार्दिक नमन् ।
शिक्षकहरुबिना यो मानव रुपान्तरण संभव छैन । राष्ट्रको भावी पुस्ताहरुको वैचारीक शिल्पको शिल्पकार नितान्तरुपमा शिक्षकहरुनै हुन, आफ्नो ज्ञान, सीपको माध्यमले तठस्त र स्वतन्त्ररुपमा आफ्ना विधार्थीहरुलाई ज्ञान दिने दायित्व बोकेका शिक्षकहरुलेनै हामीलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका हुन । शिक्षकहरुबाट हामीले धेरै कुराहरु पाएका छौं, हामीलाई चाहिएको बेलामा वहाँहरुले हाम्रो आत्मविश्वाशलाई वृद्धी गरिदिनुभएको छ, समस्या परेको बेलामा अतिरिक्त सहयोग पाएका छौं, अनुशासनको अभ्यासहरु अनि चाहिएको समयमा एउटा सहयोगी उपस्थिती नै शिक्षकहरू हुन् ।