ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
Suyog Dhakal · Nov २०, २०१८
ठूलो अनि गरूङ्गो टिभी अब क्रमश पातलो र चहक-चमकदार तथा तिक्ष्ण (SMART) भएर आएको छ । हातहातमा मोबाईल छ अनि ईन्टरनेटको सहायताले जब टिभि जोडिन्छ अनि त साक्षात् वर्तमान् संसार हेरिन्छ । हत्केला हत्केलामा अब टिभी छ । पहिले पहिले कुनै कुरा हेर्न छुटेमा टिभीमा फेरि कहिले दिन्छ भनेर पर्खनुको विकल्प थिएन तर अहिले के चाहिन्छ, कतिपटक चाहिन्छ अनि कतिबेला चाहिन्छ, सबै हाजिर क्षणभर मै जुनसुकै बेला सम्भव छ । सिरियलमा झुम्मीने दिदीवहिनीको संख्या बाक्लै बनेको छ कि कसो ?

विश्व टेलिभिजन दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
केही विदेशी लेखकले टिभीलाई श्रापित ढुगांको विम्वको रुपमा असामाजिक तत्व भन्दै आख्यान अनि निवन्धहरु पनि लेखिदिए तर हरेक कुराको असर प्रयोग कसरी गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ । गुलियो चिनी पनि अत्यधिक खाएमा तितो हुन्छ त्यस्तै संधै टिभीमै घोरिएमा फाइदा कम नोक्सानी धेरै हुन सक्छ । यद्धपी टिभीमार्फत नयाँ कुरा, ज्ञान, सिप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाँउ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ ।