Tol Lhosar | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

तोल ल्होसार





लोसार दुईवटा शब्द ‘लो’+ ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो ।

ल्होसार मध्येको सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार हो । तोलको अर्थ समयचक्र हुन्छ । त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ ।

यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.25
  • 110.85
  • European euro
  • 124.9
  • 125.58
  • UK pound sterling
  • 146.62
  • 147.42
  • Swiss franc
  • 110.04
  • 110.64
  • Australian dollar
  • 78.17
  • 78.6
  • Canadian dollar
  • 82.68
  • 83.13
  • Singapore dollar
  • 81.52
  • 81.96
  • Japanese yen (10)
  • 9.89
  • 9.95
  • Chinese renminbi (Yuan)
  • 16.42
  • 16.51
  • Saudi Arabian riyal
  • 29.4
  • 29.56
  • Qatari riyal
  • 30.28
  • 30.45
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 30.02
  • 30.18
  • Malaysian ringgit
  • 26.95
  • 27.09
  • Korean Won (100)
  • 9.71
  • 9.76
  • Swedish Krone
  • 11.94
  • 12.01
  • Danish Krone
  • 16.73
  • 16.82

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम