निर्दोष बालबालिकामाथि अत्याचार बिरुद्धको दिवस | गोसाइकुण्ड स्नान आरम्भ | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

निर्दोष बालबालिकामाथि अत्याचार बिरुद्धको दिवस | गोसाइकुण्ड स्नान आरम्भ




निर्दोष बालबालिकामाथि अत्याचार बिरुद्धको दिवस अडियो

फूल फूल्नु अघि कोपिला बस्दछ, कोपिलाहरुलाई फूलको वाल्यकालको उदहारणका रुपमा लिन सकिन्छ, हैन र ? जसरी हरेक फूलहरु कोपिला भएर आएका हुन त्यसैगरि हरेक मानव फूलहरुपनि कोपिला अर्थात् वाल्यकालवाट गुज्रिएर आएका हौ । वाल्यकालको यस्तै महत्वपूर्ण अनि मिठो यादहरुका कारणले होला एकजना फारसी कविले लेखिदिए 

यो सम्पती नि लैजाउ 
यो नाम अनि सम्मान पनि लैजाउ 
तर मलाई फर्काईदेउ त्यो वालापनको श्रावण 
त्यो कागजको ढुगां अनि त्यो बर्खाको बलेसीको पानी 


तर सबैको वालापन मिठो नहुन पनि सक्छ । अन्याय अत्याचार अनि यूद्ध अपराध आदीजस्ता विभिन्न कारणले वालवालिकाका अधिकार अनि मिठो वालापन तुहिईरहेको छ । अर्कोतर्फ यस्ता निर्दोष कलिला वालवालिकाहरु माथी हिंसा र अत्याचारका घटनाहरु पनि भईरहेको छ । 

हरेक मानव फूलका कोपिलारुपी वालवालिकाहरु अनि तिन्को सुरक्षा, सबंर्धन अनि अधिकार आजको विश्वले सहज प्रत्याभूत गर्नुपर्ने कुराहरु हुन् । हरेक वर्षको जून ४ गते संयूक्त राष्ट्रसँघको आब्हानमा संसारभरि निर्दोष वालवालिका माथीको अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रमहरु गर्दै मनाईन्छ । विभिन्न कारणले वालवालिकाले भोगेका शारीरीक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरुको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयूक्त राष्ट्रसँघको वालअधिकार प्रतीको प्रतिवद्धताको पनि आज चर्चा गरिन्छ । 

वालवालिकाका लागी कार्यरत विश्वब्यापी सँस्थाहरु, सरकारहरु, सदभावना राजदुतहरु, मिडियाहरु अनि तपाँईहामीजस्ता थुप्रै सरोकारवाला हरु मिलेर विभिन्न तवरले आजको दिन मनाईन्छ । नेपालमा पनि स्थानिय निर्वाचनका चरणहरु समपन्न हुने दलिनमा छ, वालवालिकाका अधिकार र ममतालाई आत्मसाथ गर्ने नेतृत्व छान्ने तर्फ हामी कत्तिको चनाखो छौ त ? 

माईक्रो वसमा कार्यरत वालवालिकाहरुले ढोका ठटाँउदा खुरुक्क गएर सिटमा बस्न सक्ने हामीहरुले त्यही सिटमा बसेर उनिहरुको भविष्य अनि समानताकालागी सोच्न सकेका छौ त ? वालअधिकार राजनैतिक विषय होईन, नितान्त सामाजिक पृष्ठभुमीमा सामाजिक अभियन्ताहरु मार्फत समाधान गर्न सकिने यी कुराहरुमा हामी जागरुक हुन जरुरी छ । वालअधिकार क्लबहरुको गठन अनि सक्रियताले स्थानियस्तरमा वालअधिकार अनि वालवालिकाउपरका अन्यायका विरुद्ध उनिहरुवाटै आवाज उठ्न थालेको छ, जुन अत्यन्त राम्रो प्रगतीको कुरा हो । 

वालवालिकाको हृदयलाई निष्कलंक अनि निर्दोष कुराको बिम्बकारुपमा पनि ब्याख्या गरिन्छ, वास्तवमै संसारमै तिनीहरु भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र ? यस पृथ्वीका हरेक वालवालिकाले मुक्तकण्ठले हास्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकुन् । उनिहरुमाथी अत्याचार र अन्याय नहेस् र अपराधीहरुलाई हदैसम्मको कारवाही होस् । 

यस्तै कुराहरुलाई समाहीत गर्दै संसारभरि वालमैत्री संरचना र समाजको निर्माणकालागी से यस टु चिल्ड्रेन अर्थात वालवालिकालाई हुन्छ भनौ भन्ने अभियान पनि चलाईएको छ, संसारभरिका लगभग १० करोड वालवालिकाले आज यसै अभियान मार्फत विभिन्न तवरले आआफ्ना समाजवाट वालअधिकार प्रती आफ्नो एैक्यवद्धता जनाँउदछन् । वालवालिकाको अधिकार र वालमैत्रि वातावरणकालागी हामीसबै सँगै छौ नि, हैन र ? 

सुयोग ढकाल 
-----------------------

गोसाइकुण्ड स्नान आरम्भ
जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ गोसाईकुण्डमा आजको दिनबाट हजारौ भक्तालुहरु विभिन्न जनविश्वासका साथ वर्षेनि कुण्डमा स्नान गर्न जाने परम्परा रहेको छ। रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन आजबाट दशमीको तिथिसम्म दिन प्रतिदिन बढ्दै जाने अनुमान रहेको छ।

समुद्र मन्थन गरेर निस्किएको विषबाट सारा जगतलाई जोगाउन भगवान शिवले घाटीमा त्यो विष लिएर निलाद्री पर्वत पुग्नुभएको विश्वास रहेको छ । सबै देवताहरु त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान निलाद्री पर्वतमा आई त्रिशुल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ । त्यसैले पनि गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.