प्रत्येक वर्ष जुन १७ तारिखका दिन बिश्व खडेरी रोकथाम दिवस मनाउने गरिन्छ | बिश्व खडेरी रोकथाम दिवस सन् १९९५ देखि मनाउन शुरु गरिएको हो | विश्वमा पर्न जाने खडेरी र यसबाट पर्ने असरको बारेमा जनचेतना जगाउने उदेश्यले यो दिवस मनाउन शुरु गरिएको हो | सन् १९९४ मा सयुंक्त राष्ट्र संघले जुन १७ लाइ बिश्व खडेरी रोकथाम दिवस को रुपमा मनाउने घोषणा गरेको हो | नेपालमा भने यो दिवस मनाउने गरिएको छैन | विशेषगरी अष्ट्रेलिया, अल्जेरिया, क्यानडा, अमेरिका लगायतका देशमा प्राथमिकताका साथ यो दिवस मनाइन्छ | राष्ट्र संघका अनुसार खडेरी र सुख्खाको मार सबैभन्दा बढी अफ्रिकी मुलुकमा देखापरेको छ | द्वन्दका कारण अफ्रिकी मुलुकमा खडेरीका कारण भोकमरीको समस्या बढ्दै गएको छ | नेपालमा पनि खडेरीकै कारण पछिल्लो समयमा खाद्यान्न उत्पादनमा ह्रास आउन थालेको सरोकारवाला निकायहरुले बताएका छन् | उत्पादनमा वृद्धि गर्न नसक्दा र उत्पादन भएका खाद्यान्न पनि व्यवस्थित नहुँदा समस्या हुने गरेको उनीहरुको भनाई छ |
Liked by: