ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

काठमाडौं उपत्यका मूलथलो भएको नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो। साँस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि रहेको छ । त्यति मात्र हैन नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै छन्। नेवा: साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तराष्ट्रियकारण गर्न हरेक बर्ष मार्च महिनाको अन्तिम शनिवारलाई विश्व नेवा: दिवस भनि मनाउन थलिएको हो।