विश्व नेवाः दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व नेवाः दिवस





काठमाडौं उपत्यका मूलथलो भएको नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो। साँस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि रहेको छ । त्यति मात्र हैन नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै छन्। नेवा: साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तराष्ट्रियकारण गर्न हरेक बर्ष मार्च महिनाको अन्तिम शनिवारलाई विश्व नेवा: दिवस भनि मनाउन थलिएको हो। आज दोश्रो “हलिं नेवाः दिं” अर्थात “दोश्रो नेवा: दिवस” हो। आजको दिन वर्ल्ड नेवा: अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वको कुना कन्दरामा बस्ने नेवा: समुदायले बिभिन्न कार्यक्रम गरेर आजको दिन मनाउने गर्दछन।

हुन त पाइलैपिच्छे चाडपर्व मनाउँदै आएका नेवारहरुलाई यो नयाँ चाडको आवश्यकता किन भन्ने प्रश्न स्वभाविक रुपमा उब्जिन सक्छ । अझ नेवाः दिवस भनेर मनाउने नैं भए नेवारहरुका चाडपर्वहरु मध्ये कुनै चाडलाई छानी त्यही दिनलाई विश्व नेवाः दिवस भनी मनाए पनि नहुने होइन । यो दिवस मनाउनुको मूख्य तात्पर्य नैं विश्वभरका नेवारहरुलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारको लागि आवाज उठाउने एउटा माध्यमका रुपमा विकास गर्नु हो । यस दिवस मनाउनु को अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका एक नेवारले अर्को नेवारसँग सम्पर्क विस्तार गर्ने डबलीको रुपमा विकास गर्नु हो । 

नेपाल बाहिर पनि नेवारहरुले विभिन्न चाडपर्वहरु मनाउँदै आएका छन् । हाल सं.रां. अमेरिकाका नेवारहरु येँयाःपुन्हि, सिथिनखः, सापारु, पाहांचःह्रे, यःमरिपुन्हि आदि चाडहरु मनाउँदै आएका छन् । त्यसैगरी क्यानाडा, अष्ट्रेलिया, जापान र यूरोपका विभिन्न देशहरुमा यी विभिन्न चाडपर्वहरु मनाउने क्रम बढ्दो छ । नेवारहरु रहेका प्रायः देशमा वर्षेनि म्हपुजा मनाउने चलन यस अघि नैं चलेको थियो । यी चाडपर्वहरुमा सम्पूर्ण कार्यक्रमहरु सांस्कृतिक गतिविधिमा केन्द्रित हुन्छन् । यी दिनहरुमा भाषा, संस्कृति वा हक अधिकार बारे विचार विमर्श गर्न कम मात्र समय हुने गर्दछ । त्यसकारण यी कार्यहरुका लागि कुनै अलग्ग दिन खोजी भाषा र संस्कृति बारे विचार विमर्श गर्ने, सचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवाः दिवस मनाउने शुरुवात सन् २०१८ देखि सुरु भएको हो । सन् २०१८ मा विश्व नेवाः दिवसको दिन विश्वका २२ ठाउँमा विभिन्न देशहरुमा विभिन्न कार्यक्रमहरु गरी मनाइएको थियो । त्यसै गरी यस वषै पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हंगकंग, अष्ट्रेलिया, यूएइ, पोर्टुगललगायत विभिन्न देशमा यो दिवस भव्यताका साथ मनाइँदैछ ।


आजको दिन बिहान ८ बजे नेवा: समुदायका मानिसहरुले सांस्कृतिक रयालि आयोजना गर्दैछन, यो रयाली राष्ट्रिय सभा गृहमा आएर तेश्रो विश्व नेवा सम्मेलनमा टुंगिनेछ। यस अघि विदेशतिर भैरहेको यो नेवा सम्मेलन यसबर्ष भने नेपालमै भएको हो। नेवा: समुदायमा आइरहेको बिभिन्न समस्याहरुलाई पनि आजको दिवसले प्रकास पर्दछ। अहिले काठमाडौँ उपत्यकाको स्थानिय जनता, संस्कृति र सम्पदाहरुलाई बिकासको नाममा विस्थापित गर्न खोजिएको ठुलो समस्याहरुको बारेमा पनि आजको दिन बिशेष छलफल हुने गरेको छ। नेवाः समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न समुदाय हो । हाम्रो संस्कृतिको रक्षा गरौ।  



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.