ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व गैरसरकारी संस्था दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
सन् १९४५ मा नव निर्मित संयुक्त राष्ट्र संघको चार्टरको एक अनुच्छेदमा पहिलो पटक "गैरसरकारी संगठन" शब्दले एउटा औपचारिक स्थान पायो। त्यहाँ गैरसरकारी संगठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैरनाफा मुलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउछ भनेर उल्लेख गरियो। त्यसपछि अहिले सम्म आइपुग्दा प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले हरेक शहर वा जिल्लामा हुने स्थानीय समस्याहरुको ध्यानाकर्षण ठुला राष्ट्र अथवा मन्चमा भएकालाई गराउने गर्दछन।