जुलाइ २ तारिख अर्थात विश्व खेलकुद पत्रकार दिवस | सन् १९२४ मा फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलको समाचार संकलनका लागि द ईन्टरनेशनल स्पोर्टस् एण्ड प्रेस एशोशिएसन गठन भएको दिनको सम्झनामा विश्व खेलकुद पत्रकार महासंघको आव्हानमा हरेकवर्ष जुलाई २ तारिखमा यो दिवस मनाउने गरिएको छ | विश्व खेलकुद पत्रकार दिवस अन्र्तराष्ट्रिय स्तरमा मनाउने गरिएको छ | विश्व खेलकुद पत्रकार दिवसको अवसरमा, विश्वब्यापी सन्देश दिँदै अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका अध्यक्ष जियानी मेर्लोले खेलकुद पत्रकारहरुले सम्पूर्ण दवाब र गलत प्रभाव चिर्दै आफ्नो अभिब्यक्ति स्वतन्त्रता कायम राख्न संघर्षलाई जारी राख्न आव्हान गरेका छन् | नेपालमा भइरहेको प्रेस माथिको आक्रमणको समग्र नेपाली पत्रकार मित्रहरुलाई साथ दिनु विश्व भरका खेलकुद पत्रकारको दायित्व भएको उल्लेख गरेका छन | नेपाली खेलकुद पत्रकारिताले विश्वसनियता, खेलपत्रकारको क्षमता अभिवृद्धि र निष्ठापूर्ण पत्रकारिताको मार्गमा थप उपलब्धि हासिल गर्न सकोस भनी कामना गरेका छन् |
Liked by: