योगिनी एकादशी | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

योगिनी एकादशी




फलफुल


योगिनी एकादशी विशेष अडियो सामाग्री

योगिनी एकादशी असारमासको कृष्णपक्षमा पर्दछ । यस दिन व्रत बसेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफुल , नैवेघ, आदि चढाउनु हो । धूपदिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने मान्यता छ ।

दशमीको दिनबाटै जौ, गहुँ वा मुँगको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्तशुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि संकल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।

योगिनी एकादशी व्रतकथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेममाली नामक मालीले फूल ल्याउने गर्दथे । एकदिन हेममालीले राजालाई दैनिक पूजाको पूmल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।

राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरुलाई हेममालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेममालीलाई स्त्रीको वियोग अनि मृत्युलोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेममाली त्यसैबेला मृत्युलोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेममालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्युलोकमा आएर हिमालय पर्वततर्पm सुस्तरी जान्छन् र एकजना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेममालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेममाली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यस व्रतकथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्त्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मयमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ ।फलको आश नगरौँ ।

सुयोग ढकाल



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 128.93
  • 129.61
  • UK pound sterling
  • 147.25
  • 148.03
  • Swiss franc
  • 113.5
  • 114.1
  • Australian dollar
  • 81.43
  • 81.86
  • Canadian dollar
  • 85.99
  • 86.45
  • Singapore dollar
  • 83.99
  • 84.43
  • Japanese yen (10)
  • 10.3
  • 10.35
  • Chinese renminbi (Yuan)
  • 16.83
  • 16.92
  • Saudi Arabian riyal
  • 30.36
  • 30.52
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.65
  • 3.67
  • UAE Dirham
  • 31
  • 31.16
  • Malaysian ringgit
  • 27.87
  • 28.01
  • Korean Won (100)
  • 10.11
  • 10.17
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 17.28
  • 17.37

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम