बिजुली खपत कम कसरी गर्ने ? | Hamro Patro

ब्लग - साहित्य / वित्तीय शिक्षा

बिजुली खपत कम कसरी गर्ने ?





अहिलेको आधुनिक संसारमा हाम्रो दैनिक जीवनशैलीमा हामीले अत्याधिक मात्रामा बिद्युतको खपत गरिरहेका हुन्छौं । अत्याधिक बिजुली खपतले हाम्रो घर अथवा कार्यालयमा बिजुलीको बिल धेरै आउछ, जुन धेरै घरपरिवारको लागि आर्थिक बोझ हुन जान्छ । यस अतिरिक्त आर्थिक भारलाई कम गर्न यस लेखमा बिजुली खपत कम गर्ने केही प्रभावकारी तथा सरल तरिकाहरू सुझाइएको छ:

१. कम ऊर्जा खपत गर्ने उपकरणहरू प्रयोग गर्ने:
रेफ्रिजरेटर, वाशिङ मेशिन र एयर कन्डिसनरहरू जस्ता उपकरणहरूको लागि किनमेल गर्दै हुनुहुन्छ भने कुन उपकरणले थोरै ऊर्जा खपत गर्छ भनेर खोज्नुहोस् र खरिद गर्नुहोस् । ईनर्जी स्टार लेबल अकिंत उपकरणहरूले ऊर्जा खपत कटाैती गर्न मद्धत हुन्छ ।

२. प्रयोगमा नभएको बेला उपकरणहरू प्लगबाट अलग गर्नुहोस्:
धेरै उपकरणहरू बन्द हुँदा पनि बिजुली खपत गरिरहेको हुन्छ । यसलाई "स्ट्यान्डबाइ पावर" भनिन्छ र यसले तपाईंको घरको बिजुलीको खपतमा १०% सम्म वृद्धि गर्न सक्छ । स्ट्यान्डबाइ पावर कम गर्न, टिभी, चार्जर लगायतका उपकरणहरू प्रयोग नगर्दा यन्त्रहरू अनप्लग गरेर राख्नुहोस् ।

३. प्राकृतिक उज्यालो तथा ऊर्जाको प्रयोग गर्नुहोस्:
बिजुली खपत कम गर्न प्राकृतिक उज्यालोलाई सदुपयोग गरेर गर्न सकिन्छ । घरमा सूर्यको किरण आउने समयमा पर्दाहरू खोल्ने र साैर्य ऊर्जा (सोलार) को प्रयोग गर्दा पनि विद्युतको महशुल धेरै कम हुनेछ । घर वरिपरि रूख तथा बिरुवाहरू रोप्नाले छाया प्रदान गर्छ, जसले गर्मीमा तपाईंको घरलाई चिसो राख्छ र बिजुली उपयोग कम गर्न मद्दत गर्दछ ।

४. कम विद्युत खपत गर्ने बल्बहरू प्रयोग गर्नुहोस्:
एल् ई डी वा अन्य कम ऊर्जा खपत हुने बल्बहरू बदल्नुभयो भने यसले परम्परागत फिलामेन्ट बल्बहरू भन्दा ७५-८०% सम्म कम बिजुली प्रयोग गर्छन्, जसको मतलब तपाईंले आफ्नो बिजुलीको बिलहरूमा पैसा बचत गर्न सक्नुहुनेछ । त्यति मात्र होइन, एल् ई डी वा अन्य कम ऊर्जा खपत हुने बल्बहरू धेरै लामो समयसम्म पनि टिक्छन् ।

५. नियमित मर्मत संभार
यदि हजुरहरूको टिभी, फ्रिज वा अन्य उपकरणहरूमा असमान्य आवाज आइरहेको छ भने त्यसले धेरै विद्युत खपत गरिरहेको हुन्छ । आफ्नो घरको उपकरण तथा वाइरिङहरूको नियमित मर्मत संभार गर्नुपर्छ जसले हजुरहरूको बिजुलीमा हुने खर्च जोगाउन सक्नुहुन्छ ।

६. आफ्नो बिजुली बिल ट्रयाक गर्नुहोस्
बिजुली खपत मापन नगरीकन, प्रगति जाँच गर्न गाह्रो छ - त्यसैले तपाईंले हरेक महिना बिजुली बिल ट्र्याक गर्नुहोस् । र यदि हामीले HamroPayबाट भुक्तानी गर्छौं भने - खर्चहरू ट्र्याक गर्न धेरै सजिलो छ ।

अन्तमा, बिजुली खपत घटाउनु भनेको दिगो जीवन शैली बाँच्नको लागि महत्त्वपूर्ण कदम हो । यहाँ सुझाइएका सरल उपायहरू अपनाएर, हजुरहरूले विद्युतमा पैसा बचाउनुका साथै वातावरण संरक्षणमा उल्लेखनीय योगदान गर्नुहुनेछ ।

अब विद्युतको महशुल हाम्रो पात्रोबाट नै तिर्न सकिन्छ । हाम्रो पात्रो भित्र रहेको हाम्रो पे मार्फत सहजै र समयमै भुक्तानी गर्नुहोस् । (नोट: विद्युत महशुल हजुरले बिल आएको ७ दिन भित्र बुझाउनु भयो भने २ प्रतिशत छुट पाउनुहुन्छ ।)



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.