हामीले मर्चेन्ट अकाउन्टमा धेरै जनालाई एकैपटक पैसा पठाउन सकिन्छ । त्यसको लागि सबैभन्दा शुरूमा आफ्नो मर्चेन्ट अकाउन्टमा लगइन गर्नुहोस् ।
अब आफ्नो business रोजेर Continue मा क्लिक गर्नुहोस् ।
त्यसपछि dashboard खुल्छ ।
बायाँ तिर भएको मेन्युमा Hamro Pay Services मा क्लिक गरेर hamro pay मा क्लिक गर्नुहोस् ।
त्यहाँ दुई वटा option हुन्छ, Individual र bulk transfer ।
individual मा एक जनालाई transfer गर्न सकिन्छ भने bulk transfer मा धेरै जनालाई एक पटक transfer गर्न सकिन्छ ।
अब bulk transfer मा क्लिक गर्नुहोस् ।
त्यहाँ download template मा क्लिक गर्नुहोस् ।
Template download भएपछि त्यो excel file खोल्नुहोस् । त्यो template मा user name, phone number, amount, purpose र remarks को column हुन्छ । user name र phone number hamro pay मा जे रजिस्टर गरिएको छ, त्यहि राख्नु पर्छ । amount column मा कति रकम पठाउने हो, त्यो राख्नुपर्छ । purpose मा के प्रयोजनको लागि पैसा दिने र remarks मा केहि थप कुरा लेख्न पर्ने भए त्यो लेख्नुहोस् । यो फाइललाई csv format मा save गर्नुहोस् ।
अब merchant account को dashboard मा Hamro Pay Services भित्र रहेको hamro Pay मा क्लिक गर्नुहोस् ।
अब bulk transfer मा क्लिक गर्नुहोस् ।
दाहिने तिर रहेको bulk transfer भन्ने बटनमा क्लिक गर्नुहोस् ।
अब choose file मा क्लिक गर्नुहोस् र विवरण सहितको अघिको फाइललाई अपलोड गर्नुहोस् ।
त्यसपछि batch description मा नाम राख्नुहोस् र OK बटनमा क्लिक गर्नुहोस् ।
हजुरले आफूले राखेको विवरणहरू देख्न सक्नुहुन्छ र रुजु गर्न सक्नुहुन्छ । यदि सबै विवरण सहि छ भने OK बटनमा क्लिक गर्नुहोस् ।
कसलाई र कतिवटा transaction सफल भयो र कसलाई र कति वटा भएन भनेर dashboard मा हजुरले त्यो bulk transfer को विवरण हेर्न सक्नुहुन्छ ।
Transaction सफल भएन भने किन नभएको भनेर पनि जानकारी हेर्न सकिन्छ ।
यसरी hamro pay को merchant account बाट हामी bulk transfer सजिलै गर्न सक्छौ ।
भिडियो हेर्नको लागि
Liked by: