आगो बोकेर अनि पानी बोकेर
सुख दुखको जिन्दगानी बोकेर ।।
मान्छे दुई ठक्करमै भित्ता समाऊछन यहाँ
म हिडेकोछु पिडाको खानी बोकेर ।।
ऊ अन्तिम श्वाससम्म चिन्तामै थियो
खोई के पायो ऊसले परेशानी बोकेर ।।
जानु त यार हरकसैलाई छ एकदिन
आफू अघि पछाडी मलामी बोकेर ।।
पैसै सबकुछ हो भन्नेहरू कुनै बेला
देखियो ऊसैलाई हिडेको खरानी बोकेर ।।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: