अरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ ।
सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।।
हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।
भुलनै न सकिने कहिले पनि एउटा कथा बनेको छ ।।
प्यास लाग्दा पिएको पानी भित्रभित्रै नशा बनेको छ ।
हावा हुरीले उडाएको रुख जस्तै जीवन उजाड बनेको छ ।।
अरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ ।
सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: