समस्यामा कतिभागे अब ठाउँ कतै रहेन पछिबाट शिकारभयो झन म छीप्दाछीप्दै भर्ती हुने रहर पाली धेरै कुनाकानी धाए आधा उमेर गएछ नी भीम खिच्दाखिच्दै
समस्यामा कतिभागे अब ठाउँ कतै रहेन
पछिबाट शिकारभयो झन म छीप्दाछीप्दै
भर्ती हुने रहर पाली धेरै कुनाकानी धाए
आधा उमेर गएछ नी भीम खिच्दाखिच्दै
नङ र हाड छाला भयो प्रयासहरु गर्दागर्दै
यता छेऊ भत्कनठ्यो अर्को लिप्दालिप्दै
केहीसीप नलागेर घुम्दै आए म विदेशमा
यही कतैतिर मरीन्छकी पैसा टिप्दाटिप्दै
महिना दिन काम गर्यो एकचोटि पर्छ हात
गोजीमा नै रित्तिन्छ त पैसा झिक्दाझिक्दै
अझै पनि बुझिन यो कर्मको खेल कस्तो
जिन्दगीनै जानलाग्यो बाच्न सिक्दासिक्दै!
-खड्क पुन
गुल्मि, नेपाल
हाल, मलेशीया
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: