अहिले प्रेम गरौँ प्रिय अनि बिहे गरौँला ।
तिमी बेहुली म बेहुला बनि बिहे गरौँला ।।
अझैँ निश्चित नै छैन मेरो जीवनको बाटो ।
पहिला जीवनको बाटो खनी बिहे गरौँला ।।
भाग्ने होइन बरु हाम्रो सम्बन्धको बारेमा ।
घरमा आमाबाबालाई भनी बिहे गरौँला ।।
यसपालि मेरो दाजुले बिहे गर्छन् होला ।
त्यसपछि तिम्रो र मेरो पनि बिहे गरौँला ।।
म जन्ती लिई आउँछु तिम्रो माइती घरमा ।
रमाउँदै नाचेर फनफनी बिहे गरौँला ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: