चुहिने घर बिर्सेको छैन आमा,अभाब बिर्सेको छैन
परिवारको नाजुक परिस्थिती,अनि तनब बिर्सेको छैन !
भक्कानिदै पन्छएको थिए घर दखी एक्कासी,
ऋण,दौलत अनि शाहुको तमसुरको,औठाछाप बिर्सेको छैन !
बाहिरिएको छु आमा केही बाटो समाउला केही कमाउला,
कस्लाई के के दिनुपर्ने हो,हिसब बिर्सेको छैन !
आर्थिकताले साथ अनि भाग्यले खेल खेलेपछी,
आफ्नैको त्यो रुखो वचन,अनि जबाफ बिर्सेको छैन !
तरङ उठ्दै छ जिम्मेवावरिपरि उठाऊँ ऋण चुकाँऊ,
त्यसैले लगनशील,उत्तरदायी र लगाप बिर्सेको छैन !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: