Tej Kumar Bastola · Aug २७, २०१६
सपनीमा मात्र भन्थें बिपनीमा मरेंछु म ।
फुल्ने रहर बाँकि हुँदै कोपिलैमा झरेंछु म ।।
दुई चार बाक्सा सामान बोकि घर आउँला भन्ने थियो ।
दैब आई लगे मलाई बाकसभित्र परेंछु म ।।
मेरो साटो दुईटि छोरी छोडेको छु उनीसँग।
म त जल्ने भँए हेर बडेमानको धुनीसँग ।।