के छ त, मेरो जिउने आधार बुझेकि छैनौ ।
बिवसताको एक बेरोजगार बुझेकि छैनौ ।।
हे, मलाई हेरेर सुनौलो सपना बुन्ने जलपरि ।
मेरो कथा, समाज, र परिवार बुझेकि छैनौ ।।
जिन्दगीमा आउछन् अनेकौं थरि कठिनाई ।
पाउँमा काँडा शिरमा तरबार बुझेकि छैनाै ।।
समयले अलगअलग बाधा तेर्साईदिन्छ ।
पिडामा पनि हर्षित मुहार बुझेकि छैनौ ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: