छाडी गयौ किन मलाई, मुटु भरि घाउ भयो
आशुको भेलमा तैरी रहने, जिन्दगानी नाउ भयो
सधैभरि हारे मैले, जित सबै सुम्पे तिमी लाई
मेरो माया हार जितको, जुवा खेल्ने दाउ भयो
हात छुट्यो साथ टुट्यो, याद मात्र बाकी छ
खडेरिले जलेको मन, मरुभुमिको गाउ भयो
वारी पारी सबै हास्छन, मेरो मनमा हासो छैन
तिम्रो माया मेरो लागि, आशुको तलाउ भयो
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: