चल्छ जिन्दगीको चर्खा कर्मले तानेपछि
रश्मि बनेर चुम्छ लक्ष्य बुद्धिले तानेपछि ।
कुसुम बर्सिन्छन कल्पवृक्ष निहुरिएर धर्तीतिरै
बगाई पसिना पथभरी झटाराेले हानेपछि।
रोकिन्न कहिँ रतिभर त्यो मार्गडुङ्गा फगतमा
पौराणिक बेद निदेश हो सत्य यो मानेपछि ।
पुज्छ उसै मान्छेले अनि मान्छेलाई जगतमा
तेरो र मेरो छाडि जनले बिचार एउटै छानेपछि ।
कसिला हुन्नछन साइना रसिला नीररुपि
छाेडेर दुष्टभाव ती मायाका डाेरी बानेपछि ।
चल्छ जिन्दगीको चर्खा कर्मले तानेपछि
रश्मि बनेर चुम्छ लक्ष्य बुद्धिले तानेपछि ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: