हामिलार्इ त सधैं हँसाउछौ ए ! बा
दशैं कसरी, मनाउछौ ए ! बा ??
साहुको ॠण, थाप्लोमा छ अझैं
घर फिर्ने खबर, पठाउछौ ए ! बा
दशैंको बेला, स्वदेश नफिर्दा
आमालाई क्यारी, सम्झाउछौ ए ! बा
आङ् ढाक्ने गरि, एकै सरो लुगा
ज्यानमा कहिले लगाउछौ ए ! बा ??
मीठो सपना, सिरानी च्यापेर
रात भरी कहिले, निदाउछौ ए ! बा
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: