दशैमा छोरो नआउँदा मन भारी नपार्नुस है आमा |
पिडिको डिल मा बसी बर्बर आशु नझार्नुस है आमा ||
प्रदेशी साथिसङिहरु धमाधम घर फिर्दा,मलाई सम्झी कती रोली |
छोरो आउछ हजुरको आश नमार्नुस है आमा||
अनिकाल मा खा को रिणले घर आउनै सकिन आमा |
यस पाली मेरो लागी बरु जमरा नछर्नुस है आमा ||
बासको लिङो गाड्डै कोही बाबियो बाट्दै होला घर मुनि |
एता, मलाई सम्झी पछ्यौरी मुखमा नसार्नुस है आमा ||
खरको छानो फेरौला नि आर्को दशै ताका,बन्दकी बारी |
फर्काउने गरी आउछु पिर्ले मन नभर्नुस है आमा ||
औषधी गर्नु अलि पैसा पठाछु चिन्ता लिनु पर्दैन मेरो |
स्वास्थ्य लाभ को कामना अनि मुख पनि बार्नुस है आमा ||
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: