धेरै सहे अति सहे मुटु भित्र छुरा हरु
पोख्नै पर्यो आज चित्त नबुझेका कुराहरु
निम्झा लाई पछी पार्दै धम्काउदै ,थर्काउदै
पाइला अघी सार्दै छन रे बलिया अनि सुराहरु
धनी का ति नानी बाबु चड्छन प्राडो पजेरोमा
अझै नाङ्गै खुट्टा हिड्छन गरीबका भुराहरु
कत्ती गाली गर्नु ति पदमा बस्ने पापिहरुलाई
बेच्दै छन रे नदी नाला अनि ति चु चुराहरु
हुने खाने हरुकै रैछ नियम अनि कानून पनि
अझै कती भाच्छौ सरकार गरीबका पाखुराहरु
धेरै सहे अति सहे मुटु भित्र छुरा हरु
पोख्नै पर्यो आज चित्त नबुझेका कुराहरु
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: