धेरै भयो मौनता,अब आवाज उठाउनुछ
अन्यायको विरुद्धमा,आवाज उठाउनुछ।
समाजमा विकृतिको,रुख झ्याम्मिसक्यो
बुढो रुखलार्इ जरैदेखि,टिपि फ्याँक्नुछ।
धामी झाँक्री सैतानमा, सिस्नु लगाउदैछन्
आरोपित बोक्सिहरुको, आँसु पुछ्नुछ।
लुट्नेहरु भकारिमा, प्वाल पार्दै छिरिसके
लाचार लुते बिरालाको, नङ्ग्रा खियाउनुछ।
शोषक अनि सामन्तिले, देश बर्बाद पारिसके
दबिएको स्वाभिमानी, विचार उठाउनुछ।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: