ढुङ्गालाई पुज्नेहरुको भर हुँदैन । भगवान कहिले पनि पथ्थर हुँदैन । सेवा गर सेवा गर्ने हात अघि सार। यस्तो मान्छेलाई कसैको डर हुँदैन ।
ढुङ्गालाई पुज्नेहरुको भर हुँदैन ।
भगवान कहिले पनि पत्थर हुँदैन ।
सेवा गर सेवा गर्ने हात अघि सार।
यस्तो मान्छेलाई कसैको डर हुँदैन ।
कोहि पैसाको लागि मरि मेट्छन ।
तिनीहरुको मन सफा सुन्दर हुँदैन ।
एक दिन ढुङ्गा माटो गल्न सक्छ।
हिम्मत राख्नु पर्छ सधै बगर हुँदैन ।
शहर पसे कसैको मानवता हराउँछ।
ईमान्दार मात्र बस्ने कुनै शहर हुँदैन।
-सुदिप डल्लाकोटी
भण्डारा, चितवन
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: