झुटो रहेछ बाचा तिम्रो रुवाएर गए
स्वार्थी रहेछ माया तिम्रो डुबाएर गए
बाच्दिन म तिमिबिना भन्थेनी हिजोसम्म
तर आज कुन जुनिको सजाय दिएर गए
ब्यर्थै सङगै बाच्ने सपना देखायो तिमिले
आखिर मेरो कोमल ह्रुदय टुक्राएर गए
जवानिको प्याससङ्गै लट्पटिदै आयो तिमी
बिस्वास गरे गलत रहेछ मुटुमा बाण रोपेर गए।।।
__________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: