कोही छैन अमर बैतड्नी तर्नै पर्छ एक दिन
किन हतार गर्छ मान्छे आखिर मर्नै पर्छ एकदिन
आज भोली या पर्सी थाहा छैन कहिले हुन्छ
मुर्दा शरीर लडाएर दागबत्ती गर्नै पर्छ एक दिन
रोप्यो गोड्यो मल जल गर्यो हुर्काएर बिज
फक्रिएको कोपिला फुल भई झर्नै पर्छ एक दिन
फुल माला धुप बत्ती बेहुली झै सजिएको चिता
त्यागेर शाश तै चितामा पर्नै पर्छ एक दिन
आउछ टप्प टिपेर लान्छ लाग्दैन कसैको केही
त्यही यमराज सँग मिल्दै जुल्दै चर्नै पर्छ एक दिन
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: