म पनि देशकोलागि एक फूल बनौं कि
अवसरवादी सोंचको तिखो सूल बनौं कि
चरम सीमा शोषण गरिब जनता माथी
जनताको रक्षा गर्दै देशको कूल बनौं कि
क्रान्तिको विचारसंगै व्यवहार हुनेलाई
एउटै धारमा त्यो मोर्चा कस्ने मूल बनौं कि
सबैको परिचय आफ्नै लक्ष्य सित नै हुन्छ
देशबासीको यो लक्क्षे मा नयाँ पुल बनौं कि
गिद्धे नजर देश माथी छन नि कति कति
आफ्नो देश रक्षा गर्ने देशको झुल बनौं कि
म पनि देशकोलागि एक फूल बनौं कि...
-राम प्रसाद गैरे (पाल्पाली)
रामपुर, पाल्पा
हाल हरियाणा एग्रिकल्चर यूनिभरसिटी, भारत
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: