सिउरिनुछ शिरमा तर फुलदेखी तर्सिन्छु।
पुग्नुछ किनार पारी पुल देखि तर्सिन्छु ।।
आखै अघि स्वर्ग तिमी ,
गर्नुछ एउटा मिठो, भुलदेखी तर्सिन्छु ।
तिर्खाएको आत्मा मेरो ,
मेट्नुछ प्यास तर, मुलदेखी तर्सिन्छु ।
एक्लो जीवन पहाड लाग्छ,
हिड्नुछ हात समाइ, हुलदेखी तर्सिन्छु ।
तिम्रो मेरो बिचको दुरि
तोड्नुछ, समाजको असुल देखि तर्सिन्छु ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: