भोक रोग बाट बचाउन बस्ती धाउनु पर्छ
अब गरी खानेको नै सरकार आउनु पर्छ
छल कपट होइन यथार्थका कुरा गर्नु छ
खेल हैन नि नाङ्गा ले पनि लुगा लाउनु पर्छ
धेरै भए विचार विमर्श यो देश भित्र हेर
पक्का पक्कि गरिब हरुको बास छाउनु पर्छ
गरी खाने मानिस हरुले पनि मुलुक भित्र
गास बास कपासको अधिकार पाउनु पर्छ
गल्ती माथी गल्ती हुदैन बरु पराजय हुन्छ
नत्र भने आफै हरे राम भन्दै गाउनु पर्छ
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: