म प्रकृतिको काखमा हाँस्दै हुर्केकी छोरी हुँ
मुटुभरी गाउँकै माया साँच्दै हुर्केकी छोरी हुँ !
सहरमा घर जस्तै मन नजिकिएको नहुने रैछ
म हातेमालो गरी बाँच्न सिक्दै हुर्केकी छोरी हुँ !
तिमी ठूल्ठूला स्टेजहरुमा नाचेको कुरा गर्छौ
म प्रकृतिसँगै रमाउँदै,नाच्दै हुर्केकी छोरी हुँ !
पैतालाँ थोरै माटो लाग्दा तिमी मैलो भो भन्छौ
म माटो खोस्रिँदै,माटैसँग खेल्दै हुर्केकी छोरी हुँ !
घमण्ड र स्वार्थ लिई बोल्न सिकेकी छैन मैले
म डाँडा,पाखा,छहरासँग बोल्दै हुर्केकी छोरी हुँ !!
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: