लेख्ने थिएँ भाग्य अाफै लेख्ने मसी भेटिएन
पाए सधैँ चाेट पीडा कहिले खुशी भेटिएन।
मनभित्र पीडा लुकाई रूदै बसे सम्झनामा
खाेली बग्याे अासु झर्दा बग्ने नदी भेटिएन।
चालीरहे पाइला, याे यात्रा सफल पार्छु भन्दै
धाेका दियाे भाग्यले नै, बाटाे सही भेटिएन।
भेटेँ कयौं साथ मैले याे जिन्दगीको सफरमा
जीवनभरी प्यार गर्ने, एउटै सखी भेटिएन।
के के भयाे जिन्दगीमा सारा कुरा भन्छ कसले
उत्तर दिनेथियाे समयले, तर त्यै घडी भेटिएन।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: