जुन घरको छानो चुहीन थाल्यो दार गतिलो नहुदा
त्यही घरको सम्बन्ध फाट्यो घरवार गतिलो नहुदा !
दुःख कष्ट पिडा, भोग्नु परेको छ बच्चाहरुलाई
आफ्नै बाबा आमाको ब्यवहार गतिलो नहुदा !
हतारमा आएको थियो दुश्मन काटेर जान्छु भन्दै
फेरि बिच बाटोमै रोकियो हतियार गतिलो नहुदा !
देश बनाउछु भन्नेहरु देश बनाउनुस महोदय
बरु फरक नपर्ला वालुवाटार गतिलो नहुदा !
धाै धाै साँचेको जोवन पनि पराईको भयो
माया गर्छु भन्नेको हेरबिचार गतिलो नहुदा !!
Liked by: