मेरो हातमा कलम उसको हातमा तरवार छ।
छन चाई हामी दुवैको बिरुद्धमा सरकार छ।
थाहा छैन यो युद्धमा जित कस्को हुन्छ कुन्नि!
कलम या तरवार निर्णायक मण्डल दोधार छ।।
सबै कुराको महत्व उत्तिकै हुन्छ अभावको बेला
जे भए नि आफ्नै किसिमको बलियो हतियार छ।
तिनीहरु लाई के थाहा यो दिल भित्र कैद भएको कुरा।
आज बजारमा उता तिमी हराएको मुख्य समाचार छ।
सुखमा बिर्सिए पनि दु:खमा एकपल्ट जरुर संम्झनु
तब थाहा पाउनेछौ यो "भिजन"कति धेरै उदार छ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: