सुन्दर महल कल्पनाको हराएझैं लाग्छ,
आङ मा लाग्ने रबीपनि (हिजोआज ) हराएझैं लग्छ।
बाच्ने आशा मर्दो रैछ बिस्वासको डोरी टुटे पछि,
कतै जीवन यत्ती होकि (भनी) डराएझैं लाग्छ।
सङत छैन कसैसंग मनलाइनै साथि मान्छु,
अर्को मन आफै भित्र कराएझैं लाग्छ।
अजङ्को कुनै चिज राक्षस वा भुत हुन्छ(सुनेको छु)
डडेलोले खायपछी त्यहि मनपराएझैं लाग्छ ।
छउन्जेल तातो पन खुसी हुने जन हरु,
सोच्छु आज ओरालोमा (झर्न ) सह्राएझैं लाग्छ।
सुन्दर महल कल्पनाको हरएझैं लाग्छ,
आङ्मा लाग्ने रबी पनि डराएझैं लाग्छ।।।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: