मनैदेखि कसैलाई मन, पराएर फसे !
बिर्सिएर आफु, उसैमा हराएर फसे !
अदालतमा बोलाछे रे, प्रेम सवालमा
हेराइमा भाग्यले दोषी गराएर फसे !
चाह होइन मेरो तर मन, मान्दै मानेन
आफ्नो मन सङ्ग आफै, डराएर फसे !
हल्लागर्दै चुपचाप यहाँ, रहे स्वार्थीहरु
अनगिन्ती भए चोटहरु, कराएर फसे !
भुल्नु पर्ने रहेछ उसका, सबै यादहरु
मस्तिष्क हुँदै मन मुटुमा, सराएर फसे !
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: