एकात्मकवाद र एकलौटी,राज्यसत्ता ढल्नेछ हेर्दै जाऊ ।
जनताद्वारा जनताको हितमा, शासन चल्नेछ हेर्दै जाऊ ।।
विदेशी भूमीमा हराभरा सौन्दर्य दिलाउने हामी नेपाली ।
अब आफ्नै भूमीमा मेहनतले,अनेकौं फल्नेछ हेर्दै जाऊ ।।
जलस्रोतमा विश्वकै दोस्रो धनी हाम्रो देश हाम्रो नेपाल ।
विद्युतमा उत्पादन बढाई, झिलिमिली बल्नेछ हेर्दै जाऊ ।।
अतिवादीले देश र जनतामाथी गर्नु नगर्नु सबैथोक गरे ।
जनता जाग्दा आफ्नो बचाउमा, मासी गल्नेछ हेर्दै जाऊ ।।
धेरै ढाँट्यौ अनि धेरै नै छल्यौ होस् गर अब ए नेता जि ।
आगामी दिनमा पुत्ला हैन, शरीर नै जल्नेछ हेर्दै जाऊ ।।
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: