सुनेर तिम्रा सवाल मुटु फुटेर आयो
टुट्यो आशाको ताल मुटु फुटेर आयो
मेरो निस्छल प्रेम दुई किनारा बनार्इ
बस्यो जातको पर्खाल मुटु फुटेर आयो
कलोपाटी माथी लेखियको अक्षर जस्तै
भन्यौ बिर्सी तत्काल मुटु फुटेर आयो
थियो चट्टान जस्तै, एकै वचन ले धुजा पार्यो
पहाड जस्तै यो विशाल मुटु फुटेर आयो
सर्वश्व नै उसले तिम्लार्इ मानेको थियो
भयो विनोदको बेहाल मुटु फुटेर आयो ।।
-विनोद सुवेदी
नुवाकोट, नेपाल
हाल दोहा, कतार
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: