लगाउदै छन् जालीहरु नजर देशमा
पाल्छौ तिमी दलालीको रहर देशमा !!
सन्ततिले सोध्ने छन् भोलि तिमीलाई पनि
भन अब तीम्रो के गर्ने छ ठहर देशमा !!
राष्टघात हुने कुरा बोल्दैछौ तिमीले किन
यहाँ राष्ट् बचाउन भयो कहर देशमा !!
बेहाल यो मुलुकको बनायौ किन तिमीले
कुर्सिको त्यो लाल्चा आसुको नहर देशमा !!
सुन कान खोलेर तिमीले भनाई जनको
छ सपना गाउ लाई बनाऊ सहर देशमा !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: