जब सम्म मेरो यो शरीरमा सास रहिरहन्छ !
तब सम्म तिम्रा यादहरु बिन्दास रहिरहन्छ !
मानिसको मन बदलिन समय लाग्दैन पनि !
त्येसैले तिमी आउछौ भन्ने आस रहिरहन्छ !
तिमी छौ र म छु भरोसा यहि एउटा लाग्छ !
अरे यार धर्ती रहुन्जेल आकाश रहिरहन्छ !
म मर्न सक्छु होला तर मेरो मन मर्दैन पनि !
तिमिले दिएको चोटको आभास रहिरहन्छ !
__________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: