नहाँस्नु तिमि, म जलेको बेला
मुर्छित भई म, ढलेको बेला
को आउँछ खै मलाई उठाउन
आफ्नै भाग्यले, छलेको बेला
हत्केलाहरु रेखा बिहिन छ्न
निदार ढुंगामा दलेको बेला
हो निमको पात गुलियो हुन्छ
यो संसार उल्टो, चलेको बेला
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: